काठमाडौँ। चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ।
समाजिक सञ्जाल फेशबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको धमलाले जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।’
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत बन्न र आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला। म आजैबाट होम–आईसोलेशनमा बसेको छु। यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु।’