काठमाडौँ। राजधानीको माइतीधरमा दिनहुँ आन्दोलन र प्रदर्शनहरु भइरहन्छ।
सरकारका लाचारी, अत्याचार र पक्षपाति कदमहरुका विरुद्धमा माइतीघर तातिरहेकै हुन्छ। त्यतिमात्रै होइन, समाजमा रहेका अन्याय अराजकता र विभेदका विरुद्धमा पनि माइतीघर परिचित छ।
आईतबार भने अलि फरक तरिकाले विरोध गरेको देखियो। प्रत्यक्ष रुपमा दर्शकतिर देखाएर प्रदर्शनकारीहरुले भने, ‘तँ होस् बलात्कारी, प्रहरीहरुतिर देखाएर भने तँ होस् बलात्कारी, पत्रकारहरुतिर देखाएर भने तँ होस बलात्कारी, समाज बलात्कारी, यो राज्यसत्ता बलात्कारी, कानुन बतात्कारी।’
कालो कफन र कालै रंकका कपडाहरुमा देखिएका उनीहरुले भनेका छन्, ‘हामी कहिलेसम्म चुप लागेर बस्ने ? म आफै मरेको होईन, म आईएकी हुँ। मलाई पनि नेता बन्ने रहर थियो। प्रहरी बन्न र वकील, आदी बन्ने रहर थियो। बलात्कारीको लिंग हुँदैन आदी..। उनीहरुले सडक नाटक मार्फत समाजलाई सन्देश प्रवाह गरिरहेका थिए।
तस्बिर: मुकुन्द कालिकोटे