काठमाडौँ। आइतबार बिहान पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालको उपचारको क्रममा लामाको बिहान ४ बजे निधन भएको हो।
दुवै मिर्गौलाले काम गर्न छोडेको लामालाई एक्कासी निमोनिया भएपछि गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि तत्कालिन नेकपा एमालेबाट राजनीतिमा सक्रिय रहेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
लामा त्यसअघि २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति भएका थिए । मकवानपुरको फाखेल निवासी लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने पराजित भएका थिए ।