काठमाडौँ। जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन्।
उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु। म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ। जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ। तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु।’
बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो। सुरुवाती प्रतिस्पर्धामा उनी पछि परिरहेको थिए।
बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने बताएका छन्। बाइडेनले भने, ‘सोमबार म एक समूहको घोषणा गर्नेछु। जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञले हाम्रो कोभिड योजनाको विषयमा काम गर्नेछ। यो योजनालाई जनवरी सन् २०२० देखि लागू गरिनेछ।’