काठमाडौँ। मिलिजुली टिकटक परिवारले ललितपुर गर्खुस्थित अर्थोप्लास्ट रिहाव सेन्टरमा पुगेर अनिता खड्कालाई एक लाख ३७ हजार सात सय ७० नगद सहयोग हस्तान्तरण गरेको छ।
गुल्मी जिल्ला, धुर्कोट गाउपालिका वाड २ पिपलधारा निवासी २५ वर्षीया अनिता खडकालाई उपचरको लागि सहयोग स्वरुप मिलिजुली टिकटक परिवारले अस्पताल पुगि उक्त रकम हस्तान्तरण गरेको हो।
अनिताको १८ महिनादेखि ब्रेनह्यामर रोगबाट ग्रसित भएपछी उपचारको क्रममा भैरहवाको युनिभर्सल मेडिकल कलेज काठमाडौँको त्रिबि शिक्षण अस्पताल, अन्नपूर्ण न्युरो अस्पतालहुँदै हाल ललितपुर सातदोबाटो स्थित अर्थोपेडिक रिहाब सेन्टरमा उपचार भैरहेकोछ।
हालसम्म उपचारमा ३५ लाख खर्च भैसकेको र जसमा १३ लाख रुपैया विभिन्न संघ संस्थाले सहयोग गरेको अनिताका श्रीमान बिनोद खडकाले बताएका छन्। यदि कोही सहयोगी हातहरु अझै पनि अनिताको उपचारमा सहयोग गर्न चाहानु हुन्छ भने मिलिजुली टिकटक परिवारमा सम्पर्क गर्न वा अनिताका श्रीमान बिनोद खडकाको मेघा बैंक भैरहवा शाखामा रहेको खाता नम्बर ०२९००५००९६१४५ र सानिमा बैंक भैरहवा शाखामा रहेको खाता नम्बर ०३१०११०६००००५२७, मोबाइल नम्बर ९८६००२६८१२, वा अर्थोप्लास्ट रिहाव सेन्टर गर्खुमा सिधा सम्पर्क गरि सहयोग गर्न टिकटक मिलिजुली परिवारले अपिल गरेको छ।
झण्डै २ महिना अगाडि स्थापना भएको मिलिजुली परिवारका संयोजक एबम युवा समाजसेवी राजन कँडेलसहित मिलिजुली परिवारमा आवद्ध ३० जनाको टिम अस्पताल पुगि सो रकम अनिताका श्रीमान बिनोद खडकालार्इ हस्तान्तरण गरेको हो।
टिकटक मिलिजुली परिवारमा आवद्ध व्यक्तिबाटै संकलन गरिएको उक्त सहयोग रकमले उपचारत परिवारलाइ थोरै भए पनि उपचारमा सहयोग पुग्ने संयोजक राजन कडेलले बताए।
यस अघि पनि मिलिजुली परिवारले काठमाडौँ र बुटवलमा रक्तदान कार्यक्रम, बृद्वाआश्राममा रहेका असहाय जेष्ठ नागरिकलाई न्यानो कपडा तथा खाध्यान वितरण, असहय र उपचारमा समस्या परेका ब्याक्तीहरुलाइ उपचारमा सहयोग गर्दै आएको छ। आजका युवा पुस्ताले यस किसिमको उदाहरणिय सामाजिक कार्य गर्दै नेपालमा मानवता अझै मरेको छैन भन्ने कुरामा बिश्वस्त पारेका छ्न।