घोडाबाट लड्दा मुख्यमन्त्री शाही घाईते



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लड्दा समान्य घाईते भएका छन्।

शनिबार प्रदेश सरकारबाट विनियोजित योजनाहरुको अनुगमनका क्रममा हुम्ला पुगेका मुख्यमन्त्री शाही जिल्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका हुन्।

सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेको बताइएको छ। मुख्यमन्त्री शाहीको टाउकोमा सामान्य चोट लागेको छ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर मुख्यमन्त्री शाही सामान्य घाइते भएका हुन्। मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएको बताइएको छ।

मुख्यमन्त्री शाहीलाई अहिले हेलिकप्टरमार्फत सिमकोट ल्याइएको छ। मुख्य शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसी लगायतका नेता तथा कार्यकर्ताको उस्थित रहेको थियो।

शाहीलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ। उक्त घटनाका बारेमा बुझ्दा सामान्य चोट लागेको र अवस्थासमेत सामान्य रहेको जानकारी आएको छ।