काठमाडौँ। राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले नेकपा विवाद समाधानका लागि अध्यक्ष केपी ओली सुध्रिनु पर्ने बताएका छन्।
सुनौलो नेपाल टेलिभिजनमा दिएको हालैको एक अन्तरवार्ता मार्फत डा.केसीले उक्त कुरा बताएका हुन्। साथै उनले नेकपाभित्र सुध्रिनुपर्ने पक्षका रुपमा ओलीलाई र कुरा बिगार्ने पक्षका रुपमा प्रचण्डलाई चित्रण गरेका छन्।
उनले भेनका छन्, ‘नेकपाभित्र सुध्रिनुपर्ने लाइन त केपी ओलीकै हो। तर, कुरा बिगारेको प्रचण्डले हो। उनले ढाइ वर्षको सत्ता बाँडफाडको सहमति छोड्न नहुने थियो। त्यस दिनपछिको अवस्था भनेको सिरक ओडेर घ्यु खाने कुरा हो। प्रचण्डलाई प्रधानमन्त्री हुनुपरेको छ। ओली छोड्नेवाला छैनन्।’
नेकपा फुटको संघारमा आइपुगेका समाचारहरु प्रकाशित भइरहँदा डा.केसीले नेकपा फुटले देशलाई तात्विक रुपमा कुनै असर नपर्ने दाबी गरेका छन्। उनले २००७ सालदेखि नै टुटफुटको राजनीतिबाट नेपाल अघि बढिरहेका स्पष्ट पारेका।
पूरा भिडियो हेर्नुहोस्