काठमाडौँ। अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले सरकारका कामकारबाहीका बारेमा गम्भीर समिक्षा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेशबुकमार्फत तामाङले पार्टीको नेतृत्वको स्वेच्छाचारीताको अन्त्य गर्न सचिवालयले स्थायी कमिटी हुँदै केन्दीय कमिटीको बैठकसम्म बोलाइनु पर्ने सुझाव दिएका छन्।
उनले लेखेका छन्, ‘कार्यकारी अध्यक्षले पार्टीको अनौपचारिक बैठक मात्र होईन, अब औपचारिक बैठक बसेर पार्टीलाई बिधि र बिधान अनुरुप सञ्चालन, एकता प्रक्रियालाई पुर्णता र निर्धारित मितिमा महाधिवेशनको तयारी गर्दै, पार्टी नेतृत्वको सरकारबारे गम्भीर समिक्षा गरिनुपर्छ।
उनले अगाडि लेखेका छन्, ‘अब पार्टी र सरकारमा देखिएको स्वेच्छाचारीता अन्त्य गर्न सचिवालयले स्थायी समिति हुदै केन्द्रीय कमिटीको बैठक बोलाईनु पर्छ।बैठकबाटै सबै कुराको छिनाफानो गरिनुपर्छ। कम्युनिष्ट पार्टीको नेता बन्ने । तर, बैठक नबस्ने, बैठकमा सहभागी नहुने। तर स्वेच्छाचारी गतिबिधि गरिरहने। बैठकमा जबाफ दिनुपर्दा दुखी हुने। तर, एकतर्फी निर्णय गर्न पाउँदा रमाउने। तरिका पुर्णतया गलत छ। यसर्थ पार्टीलाई (पाटी) जस्तो हुन नदिन नेतागणहरुमा अनुरोध छ।’