मौसम र देवीको स्वरमा ‘कहाँ छौ कहाँ’ (भिडियोसहित)



काठमाडौँ। लोकप्रिय गायक मौसम गुरुङ र चर्चित गायिका देवि घर्ती मगरको समुधुर स्वरमा ‘कहाँ छौ कहाँ’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ।

सर्जक ओम छिनालको शब्द रचना तथा देवन शर्माको लयमा तयार पारिएको गीतको म्युजिक भिडियो शितल सिजन म्युजिक प्रालिले बजारमा ल्याएको हो।

बबिता श्रेष्ठले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रुपा कँडेल र ओम छिनालको अभिनय देख्न सकिन्छ। गीतका दृश्यहरु बाशु बरालले कैद गरेका हुन् भने राजेश कुमारले भिडियो सम्पादन गरेका हुन्।