राष्ट्रपतिद्वारा सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको सम्मान



काठमाडौँ। नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्र विद्यादेवी भण्डारीले नेपाली सेनाको १८औं मानार्थ महारथीको रुपमा सम्मान गरेकी छन्।

बुधबार काठमाडौं आइपुगेका नरवणेले विभिन्न ऐतिहासिक सम्पदा तथा धार्मीक स्थलहरुको दर्शन अवलोकन गरेका छन्। नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि २४ अक्टोबर १९४५ मा नेपाल भ्रमण गरेका बेलामा ब्रिटिस इण्डियाको तर्फबाट सेना प्रमुख सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको सम्मान दिइएको इतिहासविदहरु बताउँछन्। उनीहरुका अनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उनलाई मानार्थ जर्नेलको दर्ज्यानी चिह्न दिएका थिए।