काठमाडौँ। कामपाको वडा २८ बागबजारबाट नेकपा विप्लवका दुई जना कार्यकर्ता प्रक्राउ परेका छन्।
बिहीबार सशस्त्र प्रहरी बलको विशेष टोलीले बागबजार स्थित शहिदशुक्र मार्गबाट खोटाङ-काठमाडौँ सम्पर्क समितका अध्यक्ष खेम प्रधान र एकजना कार्यकर्ता टिकाराम चौधरीलाई पक्राउ गरेको हो।
उनीहरुबाट भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेका विरुद्ध लेखिएका केही थान पर्चा र चन्दा असुलीका लागि तयार पारिएका कागजातहरु बरामद गरेको प्रहरीले जनाएको छ।