मनोज मुकुन्द सैनिक मुख्यालयमा (फोटो फिचर)



काठमाडौँ। भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज कुमार नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्।

सैनिक मुख्यालय जंगी अड्डामा सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ। नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे।

आफ्ना समकक्षी पूर्णचन्द्र थापाको निमन्त्रणमा बुधबार तीन दिने भ्रमणको लागि नेपाल आएका सेनाध्यक्ष नरवणेले जंगी अड्डा परिसरको हाताभित्र ओखरको बिरुवा समेत रोपेका छन्। बिरुवा रोपेपछि नरवणे र थापाले फोटो समेत खिचाएका छन्।

हेर्नुहोस् तस्बिरहरु