काठमाडौँ। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे बुधवार साँझ पशुपतिनाथ मन्दीरको आरतीमा सहभागी भएका छन्।
कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएको हुनाले उनले ‘विशेष पूजा’ गरेनन्। नेपाली ढाकाटोपी लगाएर नरवणेले पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरेका छन्।
करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी कालिमाटी स्थित सोल्टी होटल फर्किए। ०७७ जेठमा नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको चर्को विरोध भएको थियो । तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरेका छन् ।
पशुपतिनाथको मन्दिर बन्द भएकोले नरवणेले आरती दर्शनमात्रै गरेको नेपाली सेनाका प्रवक्ता ९सहायकरथी० सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । पौडेलले भने–‘आज आरती दर्शन गर्ने अनौपचारीक कार्यक्रम थियो, ३ दिनको उहाँको भ्रमणको औपचारीक कार्यक्रम चाहिँ भोली बिहानबाट शुरु हुन्छ ।’