मुख्यमन्त्री शाहीद्वारा सीता महराको निधनप्रति दु:ख व्यक्त


काठमाडौँ। कोरोना संक्रमणबाट ज्यान गुमाएकी सीता महराको निधनप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरकेका छन्।

बुधबार मुख्यमन्त्री शाहीले एक विज्ञप्ति जारी गरेर मृतकप्रति शोक व्यक्तm गरेका हुन्। जारी व्यक्तव्यमा भनिएको छ, ‘प्रतिनिधि सभाका पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माननीय कृष्णबहादुर महराकी पत्नी सीता महराको आज विहान भएको असामयिक निधनले मर्माहत बनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी पाएसंगै स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो। तर, आज विहान भएको असामयिक र अकल्पनीय दुः खद निधनले स्तब्ध बनाएको छ।

दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। माननीय कृष्णबहादुर महरा, दुई छोरा, दुई छोरीलगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। जनयुद्धको कठिन घडिमा कम्युनिष्ट आन्दोलन, जनयुद्ध एवं समग्र राजनीतिक परिवर्तनको लागि उहाँले गर्नुभएको योगदान सदा स्मरणीय रहनेछ। उहाँको सरल जीवनशैली, मिलनसार एवं मृदुभाषी व्यवहार र राजनीतिक निष्ठाले हामी सबैको लागि प्रेरणा दिनेछ।’