त्रिविका विद्यार्थीले पायकपर्ने ठाउँबाट परिक्षा दिन पाउने



काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले आफूलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन्।

त्रिविको रजिष्ट्रार डा.पेशल दाहालले कोभिड १९ का कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएका छन्।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन्।

लकडाउनका कारण गत चैतदेखि स्थगित परीक्षा त्रिविले मङ्सिरको दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी गरेको छ। प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था मिलाइएको छ।

कोभिड १९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो। अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ।

रजिष्ट्रार डा. दाहालले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताए। त्रिविको वार्षिक परीक्षा पनिका र सेमेष्टर परीक्षा डीन कार्यालयले लिने छन्।