काठमाडौँ। भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गर्दै राजधानीको माइतीघरमा कालो झण्डा देखाइएको छ।
माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएका व्यक्तिहरुले नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै विरोध प्रदर्शन गरेका हुन्।
नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए।