भारतीय स्थल सेनाध्यक्ष नरवणे काठमाडौँ आइपुगे



काठमाडौँ। भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार मध्यान्ह काठमाडौँ आइपुगेका छन्।

भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन्। विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन्। उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने नेपाल भ्रमणमा आएका हुन्।

नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ। बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने कार्यक्रम छ।