अध्यक्ष बम जनताका समस्या बोकेर मेयर कहाँ पुगे



कालीकोट। जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम कैलाली जिल्लाको लम्की चुहाँ नगरपालिकाको कार्यालय पुगेका छन्।

मंगलबार नपामा बस्ने कालिकोटे नागरिकको गुनासो र माग लिएर लम्की चुहाँ नगरपालिकाका प्रमुख महादेव बजगाईंलाई भेटेका हुन्। लामो समदेखि कालीकोट जिल्लाबाट बसाई सराई गरेर लम्कीमा बसोबास गरिरहेका जनताहरुका मागहरु लिएर अध्यक्ष बम नगरप्रमुख समक्ष गएका हुन्।

अध्यक्ष बमले लम्कीमा बस्ने कालीकोटबासीको ऐलानी जग्गा नम्बरी बनाउनका लागि नगरले उचित भूमिका खेल्न सुझाव दिएका छन्। मेयर बजगाईंले समस्या समाधानका लागि आफू क्रियाशिल रहने आश्वासन दिएका छन्।