कोरोनाबाट पूर्व-सभामुख महराकी श्रीमतीको निधन



काठमाडौँ। नेकपाका नेता तथा पूर्वसभामुख कृष्ण महराकी श्रीमतीको सीता महरा कोरोना भाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारत को निधन भएको छ।

दशैमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः २५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन्।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको असामयिक निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ट्वीटमार्फत् श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवम् पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुस्ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजीसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डले पनि महराको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराको जीवनसंगीनी सीता महराको आज बिहान ६स्२५ बजे नर्भिक हस्पिटलमा असामयिक निधनको खबरले दुःख लागेको छ। उहाँ माइस्थेनिया नामक रोगबाट विगत लामो समयदेखि पीडित हुनुहुन्थ्यो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’