काठमाडौँ। अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती रुझानमा डोनल्ड ट्रम्पको केन्टकी, टेनसी, वेस्ट भर्जिनिया, आरकंसा र ओक्लाहोमामा जीतको अनुमान बताइँदै छ।
यस्तै, उनको डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडन डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यूजर्सी, न्यूयोर्क र डिस्ट्रिक्ट अफ कोलम्बियामा जीत हासिल गर्न सक्ने सम्भावना छ।
कूल ५० मध्ये १८ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेद्वारा वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन्। वाइडन पक्षका यो समाचार तयार पार्दाको समयसम्म ९४ र रिपब्लिकन उम्मेद्वार ट्रम्पको पक्षका ८६ प्रतिनिधि चुनिएका छन्। राष्ट्रपति निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल कलेजका प्रतिनिधिको आवश्यकता पर्छ।
शताब्दीकै धेरै मत खसेको ठानिएको अमेरिकी राष्ट्रपतीय चुनाव सकिएसँगै मतगणना शुरू भएको छ। बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।
प्राप्त प्रारम्भिक नतिजामा पनि उनीहरूबीच कडा प्रतिस्पर्धा देखा परेको छ। बीबीसीका उत्तर अमेरिका संवाददात पिटर बोउज भन्छन्, चुनावी रातको पहिलो नतिजाबारे गरिएको अनुमान अनपेक्षित थिएन।
उथलपुथलको वर्ष
परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेको इन्डियानामा ट्रम्पले पुनः जितेका छन् जहाँ चार वर्षअघि उनले हिलरी क्लिन्टनलाई हराएका थिए। फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सल्भेनिया तथा जोर्जामा दुई उम्मेदवारले एकअर्कालाई कडा टक्कर दिने अनुमान गरिएको छ।
सन् १९९२ यता रिपब्लिकनको नियन्त्रण रहेको जोर्जा पहिलो पटक डेमोक्र्याटहरूको पोल्टामा पर्ने देखिएको छ। ट्रम्पले चुनावी नतिजालाई ह्वाइट हाउसबाट नियालिरहेका छन् भने बाइडनले आफ्नो निवासबाट हेरिरहेका छन्। उथलपुथलयुक्त वर्षको अन्त्यतिर राष्ट्रपतीय चुनाव भएको हो। –बीबीसी