काठमाडौँ। नेपाली काँग्रेसका युवा नेता मीन विश्वकर्माको मंगलबार होस खुलेको छ।
कोरोना संक्रमणपछि ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको मंगलबार होस खुलेको स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिएका छन्।
स्वकीय सचिव विकका अनुसार ६ दिनदेखि वेहोस विश्वकर्माको मंगलबार होस् खुलेको र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ। चिकित्सकका अनुसार विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार भएको र फोक्सोले पनि काम गर्न थालेको छ।
पूर्व वाणिज्य मन्त्रीसमेत रहेका नेता विश्वकर्मा गत १ कात्तिकमा कोरोना पोजेटिभ आएपछि होम आइसोलेसन बसेका थिए। ज्वरो र खोकी देखिएपछि उनी कात्तिक ८ गते वीर अस्पतालमा भर्ना भएका थिए।
नेता विश्वकर्माको श्वासप्रश्वासमा समस्या देखिँदा १२ गते ग्राण्डी अस्पतालको आईसीयूमा पुयाइएको थियो। उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मंगलबार विश्वकर्माले हातको इसारा गरेको चिकित्सकहरुले बताएका छन्।