बितेको २४ घण्टामा २० जनाको मृत्यु



काठमाडौँ। बितेको २४ घण्टामा कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ।

योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ। यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन्।