काठमाडौँ। बितेको २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन्।
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ। हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन्।
संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका छन्। त्यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८.२ रहेको छ।