(डब्लूएचओ) का प्रमुख सेल्फ क्वारेन्टिनमा



काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले आफूलाई सेल्फ क्वारेन्टिन गरेका छन्।

५५ वर्षीय घेब्रेसियस एक कोरोनासंक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए। उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र कुनै लक्षण नदेखिएको जानकारी दिएका छन्।

हालसम्म विश्वभर ४ करोड ६८ लाख ९ हजार २५२ जना कोरोनाभाइरसबाट संक्रमित बनिसकेका छन् भने १२ लाख ५ हजार १९४ जनाले ज्यान गुमाइसकेका छन्। ३ करोड ३७ लाख ५३ हजार ७७० जना ठीक पनि भएका छन्।

संक्रमणको हिसाबले अमेरिका सबैभन्दा शीर्ष स्थानमा रहेको छ भने भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यसपछि क्रमशः शीर्ष दश स्थानमा रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, कालम्बिया, बेलायत र मेक्सिको रहेका छन्। साभारः दैनिक भास्कर