पार्टी फुट्ने अवस्था आएको छैन: प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनबारे आएका खबरमा सत्याता नभएको दाबी गरेका छन्।

उनले पार्टी फुट्ने अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन्।

ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरे।

‘उहाँहरुका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको छ, भनेर मैले सोधेको थिएँ’, उनले भने, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो।’ अन्नपूर्ण पोस्टमा खबर छ।