काठमाडौं। बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमीत थपिएका छन्।
यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन्। देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो। योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ।