जनार्दन शर्मालाई कोरोना संक्रमण



काठमाडौं। पुर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

आइतबार नेता शर्माले सामाजिक सन्जाल फेशबुकमार्फत आफूलाई कोरोना पुष्ठि भएको जानकारी दिएका छन्।

उनले लेखेका छन्, “कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउदछु। केहि दिन यता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।”