दाङ। आफ्नै बुबालाई घरको छतबाट धकेलेर हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्।
जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिवार बिहान आफ्नै ४५ बर्षीय बुबा बालाराम बिकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी सामान्ने विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे प्रहरीलाई शनिवार विहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।