माटोको ढिस्कोले पुरिदा दुई जनाको मृत्युु



सुर्खेत। जाजरकोटको छेडागाड नगरपालिका–३ दशेरामा माटोको ढिस्काले पुर्दा दुई जनाको मृत्यु भएको छ।

शनिबार मृत्यु हुनेमा छेडागाड–३ की ३० वर्षीया शीतला जैसी र १६ वर्षीया आरती दाहाल छन्।

अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको छ।