१ लाख ८३३४ जनाले जिते कोरोना



काठमाडौं। बितको २४ घण्टामा २ हजार २२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा महिला ७७९ र पुरुष १ हजार ४४६ जना रहेको जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

यस्तै देशभर कुल १ लाख ५५ हजार २३३ जनामा संक्रमण पुष्टि भएकोमा अब सक्रिय संक्रमित ४६ हजार ५७ जना रहेका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ८४२ पुगेको छ।