याे दशैमा न मन खुशी छ, न हर्षछ। किन किन नरमाइलाे लागिरहेकाे छ। जता ततै काेराेनाकाे त्रासले टाडाबाट दशै मनाउन गाँउ फर्किएका आफन्तलाई भेट्न पनी अपठ्याराे महसुस हुन्छ।
जनसमुदायहरु त्रर्सित छन्। राखेका जमराहरुले आफ्नाे उचाई थपिरहेका छन्। खसी र च्याङ्ग्राहरुकाे आयू छाेटीदैछ। रेमिटान्सले धानेकाे देशकाे अर्थतन्त्र झनझन संवकटमा पर्दैछ। तर, लुटेरा र तस्करीहरु दिनप्रतिदिन बडिरहेका छन्।
त्यस्तै महिलाहिँसा र अपराधका घटनाहरु दिन दुई गुणा रात चाैगुणाले बडिरहेका छन्। भयरहित वातावरणमा बस्ने ईच्छाहरु मासिदै छन्। काेराेनाले देश झन थिलाे थिलाे हुँदैछ। सावधानी अपनाउने बेला छाेडुवा र जती बेला आवश्यक थिएन उतीबेला एक गाँउबाट अर्काे गाँउमा जान नदिनु भनेर दिनदिनै स्थानीय सरकारलाई संघीय सरकारबाट निर्देशन आयाे।
राज्यकाेषबाट कराेडाैंकाे बजेट निकासा भयाे। त्यसकाे सदुपयाेग र दुरूपयाेग के भयाे ? भन्ने कुरा त मलेपले हेर्न बाँकी नै छ। जनताकाे ज्युउधनकाे सुरक्षा गर्ने जिम्मा पाएकाहरु जिम्मेवारीकाे ख्यालै नगरी अस्थव्यस्त छन्।
विश्वका धेरै देशहरु यस्ता छन्, जसले अाफ्ना नागरिककाे सम्पुर्ण सुरक्षा गर्न सक्दैन। ती देशका साशकहरुले आफ्नो तर्फबाट जनताको हितमा काम नभएको र देशको भलाइमा अवरोध भएको महसुस गरेर नैतिकता हिसावले पदबाट राजिनामा दिन्छन् र जनतासँग माफी माग्छन्।
तर, हाम्राे यस्ताे देश हाे जहाँ बिदेशीका धेरै उदाहरण दिएर आफू चोखिन खोजिन्छ, बिडम्बना यस्तै नैतिक कुराको अंगिकार कहिल्यै गर्दैन। अलोकतान्त्रिक र अलोकप्रिय प्रवृत्ति र व्यक्तिका विरुद्ध सडकमा नारा लगाउँदासम्म पनि त्याे पदले कुर्सीसँग गाडा मित्रता छुटाउन सक्दैन। देशकाे अवस्था एकातिर, नेताहरुकाे दाैडधुप र ध्यान अर्का तिर छ। अनि कसरी देशको दिगो विकास र जनताको सर्वोच्च रक्षा हुन्छ? महामारीलाई कसरी जितिन्छ? (उषा कालिकोटको राष्कोट नगरलालिकाकी उपमेयर हुन्।)