काठमाडौँ। पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यहि कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा.भट्टराईले जानकारी दिएका छन्।
जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्षसमेत रहेका भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन्।