कालिकोट। केही महिना पहिले कोरोना मुक्त जिल्ला घोषणा गरिएको कालिकोटमा पुनः कोरोना संक्रमणका बिरामी थपिन थालेका छन्।
यसरी कोरोना संक्रमित थपिने क्रममा जिल्लाको नरहरिनाथ गाउँपालिकामा यहि कात्तिक ०४ र ०५ गते स्वाव दिएका मध्य थप १० जनामा कोरोना पुष्टि भएको छ।
यसमा नरहरिनाथ गाउँपालिकाको कृषि बिकास बैंकको एक जना कर्मचारी र प्राथमिक स्वास्थ प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँको एक जना कर्मचारी रहेका छन्।
जसमा बर्ष ०३, ३३, ३५, २७, ३१, २१, ३४, ४२, ३०, र २९ सबै पुरुष हुन। गापा अध्यक्ष धीरबहादुर बिष्टका अनुसार रहरिनाथ गाउँपालिकामा १९ जना र खुलालु क्वारेन्टाइनबाट आएका २ जनागरि जम्मा २१ जना कोरोना पुगेको छ।