मुख्यमन्त्रीविरुद्धको अविस्वास प्रस्ताव अस्वीकृत



सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको बैठक सम्पन्न भएको छ।

शुक्रबार बसेको बैठकले प्रदेश सभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीविरुद्ध संसदीय दलमा पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत गरेको छ।

मुख्यमन्त्री शाहीकाविरुद्ध गत असोज २५ गते नेकपाकै १८ जना साङ्सदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

बैठकमा ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन।

३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो। दलको विधानको दफा २४ को उपदफा (१) बमोजिम उक्त निर्णय भएको प्रमुख सचेतक नेपालीले बताइन्।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्ती मगर अनुपस्थित रहेका हुन्।

योसँगै नेता यामलाल कंडेल पक्षले पेश गरेको अविश्वासको प्रस्ताव अब एक वर्षका लागि बन्द भएको छ।

कर्णाली प्रदेश सरकारको बिषयमा नेकपाका दुई अध्यक्ष ओली प्रचण्डबीचमा समेत विवाद भएको थियो।