जुम्लामा ६ महिने मोटरसाइकल मर्मत तालिम सम्पन्न



जुम्ला। जिल्लामा ६ महिने मोटरसाइकल मर्मत तालिम सम्पन्न भएको छ।

चन्दनाथ नगरपालिकाको “मेयर रोजगार” कार्यक्रम अन्तरगत छ महिने सीप मुलक मोटरसाइकल मर्मत कार्यक्रम बिहिबार सम्पन्न भएको मेयर कान्तिका सेजुवालले बताइन।

उनका अनुसार मेयर रोजगार कार्यक्रम मार्फत बेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउनको लागि सिप मुलक तालिम प्रदान गरिएको जानकारी दिइन।

तालिम अवधिभर सिकेको सिपलाई व्यवहारमा उतार्न उनले आग्रह गरिन। त्यसको लागि कुनै पनि व्यापार व्यवसाय गर्नको लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता उनले जनाईन।

६ महिने मोटरसाईकल मर्मत तालिम दिएपछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको मेयर सेजुवालको भनाई छ।

बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको भन्दै तालिम लिएका १० जना युवालाई नगरपालिका जुम्लाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरिद गरि उपलब्ध गराएको छ। बढ्दो सवारी साधनलाई मध्येनजर गर्दे युवाहरुलाई मोटरसाइकल मर्मतको तालिम दिएको हो।

तालिम लिएका युवाहरुले ग्यारेज स्थापना गर्न मेयर सेजुवालले अनुरोध गरेकी छन्। जुम्ला बजारमा बाह्य देश तथा जिल्लाका जनशक्तिले मोटरसाइकल मर्मतमा बजार जमाएको भन्दै उनले स्थानीय युवालाई लक्षित गर्दे पहिलो चरणमा तालिमको आयोजना गरिएको बताइन।