काठमाडौं। भारतीय खुपिया एजेन्सी “रअ” का प्रमुख सामन्त कुमार गोयलको भ्रमणलाई लिएर चौतर्फी बिरोध भैरहेको छ।
नेपाल सरकारले सिस्टाचार भेट भनेको गोयलको नेपाल भ्रमणलाई लिएर नेकपा नेता डा.भीम रावलले आपत्ति जनाएका छन्।
बिहीवार एभिन्युज टेलिभिजनको “एभिन्युज पहल” कार्यक्रममा बोल्दै डा. रावलले भारतीय रअका प्रमुख गोयललाई समक्षी जसरी प्रधानमन्त्रीले भेटेको आरोप लगाएका छन्।
प्रधानमन्त्री र रअ प्रमुखबीको भेटलाई लिएर नेकपा छलफल हुने डा. रावलको भनाई छ। स्वाधीनता र कुटनैतिक मर्यादालाई ख्याल नगरेको भन्दै चौतर्फी बिरोध भैरहेका छन्।