सुर्खेत। कर्णाली प्रदेशको सरकारी क्वार्टरमा बस्दै आएका मन्त्रीहरूले डेरा खोज्न थालेका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव आएपछि अहिलेको सरकारमा रहेका मन्त्रीहरूले डेरा खोज्न थालेका हुन्।
मुख्यमन्त्री नेतृत्वमा रहेका मन्त्रीहरू परिवर्तन हुने निश्चित भएपछि सरकारी आवास छोड्नुपर्ने भएका कारण उनीहरूले निजी निवास खोज्न थालेका हुन्।
बुधबार कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच कर्णालीमा देखिएको विवाद स्थानीय पार्टी र सरकारले समाधान गर्ने गरी छाडिदिनुपर्नेमा एकमत देखिएपछि मन्त्रिपरिषद् परिवर्तन हुने भएपछि मन्त्रीहरूले डेरा खोज्न थालेका हुन्।
ओली पक्षका नेता यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव आएपछि नेपाल पक्ष र प्रचण्ड पक्षबीच भएको सहमतिका आधारमा मन्त्रीहरू आफू हट्ने निश्चित भएपछि मन्त्रीहरूले डेरा खोज्न थालेका हुन्।
कर्णालीको अस्थिर राजनीतिका कारण अहिले सरकारमा रहेका सबै मन्त्रिमण्डल परिवर्तन हुने निश्चितजस्तै भएको एक मन्त्रीले बताए। ‘कर्णालीको अस्थिर राजनीति छ। जतिवेला पनि मन्त्रिमण्डल पुनर्गठन हुन्छ,’ उनले भने, ‘अब डेरा त खोज्नैपर्ने भयो।’
नेपाल पक्ष र प्रचण्ड पक्षबीच यसअघि नै तीन मन्त्री र सचेतक दिने सहमत भइसकेको छ। नेपाल पक्षका सांसदहरूले त्यही सहमतिअनुसार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसद अविश्वासको प्रस्ताव फिर्ता लिइसकेका छन्। यो समाचार रमेश रावलले नयाँ पत्रीकामा लेखेका छन्।