काठमाडौं। कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। बुधबार राष्ट्रिय परीक्षा बोर्डले एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको हो।
गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।