जडिबुटी खोज्न गएका युवा बेपत्ता



जुम्ला। हुम्लाको खार्पुनाथ गाउंपालिकाका एक जना युवा बेपत्ता भएका छन्।

सिमिकोट गाउँपालिका १ वडा अन्त्रगत चुवाखोला भन्ने स्थानमा जडिबुटी संकलन गर्न गएका ३० बर्सिय युवा धन बहादुर बुढा बेपत्ता भएपछि उनका आफन्तले जिल्लाको ठेहे प्रहरी चौकिलाई खोजिनीती गर्न आग्रह गरेको हो।

३० बर्षिय धनबहादुर बुढा एक हप्तादेखि सम्पर्कमा नआएको खार्पुनाथ गाउँपालिका १ नम्बर निवासी दिपबहादुर शाहीले जानकारी दिए।

जटीमासी (भुल्ते) लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर असोज २० गते उनीहरु पाटनतर्फ लागेका थिए। संगै जडिबुटि संकलन गर्न गएका साथीहरु फर्के पनि उनको आजसम्म कुनै अत्तोपत्ताे छैन।