कालिकोट। जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पलाँती कान्छा) ले स्वास्थ्य र शिक्षा नि:शुल्क गर्न नसके सरकार बस्नुको अर्थ नरहने बताएका छन्।
केन्द्र सरकारले कोरोनाका बिरामीलाई आफै उपचार गर्न निर्देशन दिएपछि यसको चौतर्फी बिरोध भएको छ।
उक्त सरकारी कदमलाई इङ्गित गर्दै अध्यक्ष बमले सामाजिक संजाल फेशबुक मार्फत स्वास्थ र शिक्षा नि: शुल्क गर्न नसक्ने हो भने सत्तामा बसिरहनुको कुनै अर्थ नरहने बताएका हुन्।
जनताको असहता र दु:खमा साथ नदिने हो भने सरकार के का लागि भन्दै प्रश्न उठ्ने बमको भनाई छ।
उनले लेखेका छन्, “स्वास्थ्य र शिक्षा नि:शुल्क गर्न सकेनौं भने हामी सरकार चलाएर बस्नुको कुनै अर्थ रहने छैन। सरकार के का लागि ? भन्ने प्रश्न उठ्नेछ।”