जुम्ला। जिल्लाको चन्दन्नाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले कोरोनालाई जितेकी छन्।
१२औं दिनको होम आइसोलेसनको बसाइपछि आज मंगलबार कोरोना जितेको जनाएकी छन्।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा मंगलबार स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख कान्तिका सेजुवालले सामाजिक संजाल फेशबुक मार्फत जानकारी दिएकी छन्।
मेयरसङ्गै उनका चालक र बहिनीलाई पनि कोरोना संक्रमण भएको थियो।
त्यसै गरि प्रतिस्ठानका एक जना चिकित्सकको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठ्माण्डौ रिफर गरिएको प्रतिस्ठान परिवारले जनाएको छ।
केही साता अगाडि कोरोना पोजेटिभ देखिएको उनलाई श्वास प्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि रेफर गरिएको हो।