प्रहरी हत्यामा भारतीय नागरिकको संलग्नता



कैलाली। गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा भारतीय नागरिकको संलग्नता रहेको पाईएको छ।

धनगढी उपमहानगरपालिका–१० स्थिते अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी मङलबार सार्वजनिक गरेको हो।                                                          हत्यामा संलग्नमा धनगढी उपमहानगरपालिका–१० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना रहेको कैलाली प्रहरी प्रमुख एसपी दीलिपसिंह देउवाले बताए।

तस्करहरूले हत्या गरी मोहना नदी किनारमा गाडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा संग्लन रहेका एक जनाले प्रहरीलाई साउदको हत्या गरी नदीको बीच भागमा गाडेको बयान दिएपछि शव फेला परेको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाले जवानको शव नदीको बीचभागमा गाडेको बयान दिएका थिए, सोही व्यक्तिलाई घटनास्थलमा ल्याएर खोज्न लगाएपछि शव भेटिएको थियो ।

शनिबार राति नेपालबाट भारततर्फ दाललगायतका सामान तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। घटनामा भारतीय तस्करहरूको पनि संलग्नता रहेको खुल्न आएको छ।

प्रहरी अधिकारीले भने, ‘उताका तस्करले नदीसम्म मोबाइल पु-याइदिएको घटना हेर्दा भारतीय तस्कारहरूको पनि संलग्नता देखियो ।’

प्रहरीले दाल ओसारपसार गर्न प्रयोग गरिएको गोरुगाडा (डल्लब) समेत स्थानीय बलराम रानाको घरबाट बरामद गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले १६ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना र फरार रहेका गरी ९/१० जना घटनामा संलग्न भएको प्रहरी दाबी छ । हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असईको हत्या गरेको स्वीकारेका छन् ।

हत्यामा संलग्न मुख्य नाइकेसहित केही व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । घटनास्थलमा साउदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो। विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो ।

सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका प्रहरी तस्करकै शिकार बनेका हुन्। घटना अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ । रातोपाटीबाट साभार।