“नेकपा सरकारले संविधानको धज्जी उडायो”



जुम्ला। नेपाली काङ्ग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले कोरोना महामारीबाट सरकारले हात झिकेकोप्रती बिरोध जनाएका छन्।

अदालतको आदेश र संविधानको धज्जी उडाएर नेकपा सरकारले जनबिरोधी काम गरिरहेको भन्दै नेता शाहीको दाबी छ।

सामाजिक संजाल फेशबुक मार्फत नेता शाहीले नेकपा सरकारले संविधानको धज्जी उडाउदै एकपछि अर्को रूपमा जनबिरोधी कदम उठाई रहेको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ भन्ने कुरा संविधानमा स्पष्ट उल्लेख गरिएको छ। तर, वर्तमान कम्युनिस्ट सरकार संविधानको धज्जी उडाउदै एकपछि अर्को जनबिरोधी निर्णय गर्दै अघि बढीरहेको छ।”