नरहरिनाथ गापाका ९ जनामा कोरोना पुष्टि


कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा ९ जना कोरोना सन्क्रमित फेला परेका छन्।

गापाको वडा नं ५ को पछिल्लो रिपोर्ट अनुसार हालसम्म १६ जनाको PCR रिपोर्ट आउदा संक्रमित हुनेको संख्या ९ भएको छ।

यसअघि खुलालु क्वारेन्टाइनमा रहेका दुईजनासजिर ११ जना कोरोना सन्क्रमितलाई गापाको आइसोलेशन सेन्टर तथा प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा राखिएको छ। असोज ३० गते १६ जनाको स्वाव जुम्ला पठाईएको थियो।

गापा रोजगार संयोजक दिपेन्द्रबहादुर बुढाका अनुसार देशका ठूला सहरबाट दशैको अवसरमा गाउँ पुगेकाहरुबाट अवस्था जटिल बनेको छ।

त्यस्तै रुप्साको जनता माबिमा कार्यरत आइएसी शिक्षक (सुर्खेत) कार्यथलोमा आएको र केही दिनपछि उनको स्वास्थमा समस्या आएपछि सुर्खेत झरेका थिए। निजमा पनि कोरोना पोजेटिभ देखिएको संयोजक बुढाको भनाई छ।

चिसो मौसमको सुरुवाती र लापरबाही कारण कोरोना गाउँ व्यापक बन्ने देखिन्छ। त्यसैले सबैले सजकता अपनाउन आवश्यक छ।