“कर्णाली प्रदेशलाई अन्य प्रदेशसङ्ग तुलना गर्न मिल्दैन”



काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीका बारेमा पार्टीको केन्द्रीय समितीले निर्णय गर्नुपर्ने बताएका छन्।

कसैले मुख्यमन्त्री बन्ने चाहना राख्दैमा त्यो सपना पूरा नहुने शाहीको भनाई छ। उनले कुनै नेताको मुख्यमन्त्री बन्ने रहर पूरा गर्ने नाममा पार्टी एकता र प्रदेश सरकारको सपना भत्काउन नमिल्ने बताए।

प्राईम टाईम टेलिभिजनको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बतएका हुन्।

कर्णालीको बिकास र अन्य प्रदेशको विकासबीच तुलना गर्न नमिल्ने दाबी गरे। उनले भने, “कर्णालीको बिकास र अन्य प्रदेशको बिकसको तुलना गरेर आलोचना गर्नु हुँदैन। तथापि म हालै गाउँमा पुगेर फर्किएको छु। त्यहाँ बिकासको क्रम बढेको छ।”

उनले अगाडि थप, “आज अन्य प्रदेश र कर्णाली प्रदेशबीच तुलना गर्न मिल्दैन। अन्य प्रदेशमा रोड बाटो नपुगेका गापा होलान्। कर्णालीका केही जिल्लालाई सडकले छोएको छैन। म त भन्छु स्वायत्त बजेट र क्षतिपूर्तिसहितको वजेट कर्णालीलाई दिनुपर्छ। कर्णालीको कठाईलाई, अवस्थालाई र बजेटको अकारलाई नजरअन्दाज गरेको देखिन्छ। यो गलत बुझाई हो।”