देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो



काठमाडौं। नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ।                                                                                              स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

यस्तै बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए ।

यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।