सास्ती खेप्न जनताले नेकपालाई जिताएका हुन्?



काठमाडौं। कोरोनाको नाममा गत चैतदेखि लकडाउन र विभिन्न समयमा निषेधाज्ञा जारी गरेर जनतालाई सास्ती दिएको सरकारले जिम्मेवारीबाट हात झिकेको छ।

कोरोना परिक्षण, उपचार र लास ब्यवस्थापन जनता आफैले गर्नुपर्ने भन्दै सरकारले आइतबारदेखि कोरोनाका बिरामीहरुले आफै उपचार गर्नुपर्ने नियम लागू गरेर आफू पन्छिएको छ।

जनताहरु भोकभोकै कोरोनासङ्ग जुधिरहेको बेला दशैभत्ता मार्फत अर्बौंको आर्थिक भार र अनुचित कार्यमा लिप्त सरकारको अहिले चौतर्फी आलोचना भैइरहेको छ।

यसैबीच अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले जनताको करबाट पालित पोसित सरकारले जनतालाई सास्ती किन?भन्दै प्रश्न गरेका छन्।

सरकारले जनतालाई संविधान प्रदत्त अधिकारबाट बन्चित गराएको तामाङको आरोप छ।

उनले लेखेका छन्, “जनताले तिरेको करबाट आसेपासे, मन्त्रि र सांसदलाई भत्ता दिने, संबिधान प्रदत्त अधिकार कटौती गरेर जनतालाई सास्ती दिने ? यसकै लागि हो जनताले जिताएको ??”