काठमाडौं। वरिष्ठ पत्रकार तथा राजनीतिक बिश्लेषक अनिल योगीले १७ हजार नेपालीहरु कुन व्यवस्था ल्याउनका लागि मारिएको थिए ? भन्दै प्रश्न गरेका छन्।
१० वर्षीय सशस्त्र जनयुद्धमा मारिएका हजारौ नेपालीहरुको रगतको उपेक्षा गरिएको अवस्थालाई नजिकबाट लेखिरहेका पत्रकार योगीले निरन्तर रूपमा १७ हजारसहिदको न्याय र मारिनुको कारण खोजिरहेका छन्।
उनले सामाजिक संजाल फेशबुकमा लेखेका छन्, ” हजारौं शहीद, बिस्तापित गराउदै, सयौलाई बेपत्ता पार्दै, हजारौंलाई अंगभंग बनाउदै के ल्याउनका लागि युद्ध र प्रतीयुद्ध गरिएको थियो?
अरबौंको रूपमा राज्यको सम्पती बर्वाद गर्दै बनाएको संबिधानले राष्ट्र र जनताको जीवनमा परिवर्तन किन ल्याएन ? संघीयतामा जाँदा र धर्म निरपेक्ष राज्य बनाउँदा देश बलियो किन बनेन र बनाईएन ?”
उनले अगाडि लेखेका छन् , “सत्य निरुपण र मेलमिलाप आयोगले काम गर्न किन सकेन ? युद्ध र प्रतियुद्धमा यो वा त्यो पक्षका हत्याराहरु माथी कार्बाही किन गरिएन र भएन ? राज्य पक्ष र तात्कालिन माओवादी भनिएको पक्षद्धारा बेपत्ता बनाईएका गरिव नेपालीका छोराछोरिको खोजविन किन गरिएन ?
यस्ता पातकिहरुले चलाएको शासन ब्यवस्था, प्रसाशनका बिरुद्ध नेपाली जनताले अर्को हतियारबद्ध युद्ध लढ्नका लागि तयार भए भने के त्यो अन्याय हुन्छ ?
भ्रष्टाचारिहरु,राज्यको शक्ति दुरुपयोग गर्दै जनताको शोषण गर्ने अत्याचारिहरु,बिदेशीसंग मिलेर देश कमजोर बनाउने पातकिहरु सबैसंग नेपालीले पाई पाईको हिसाब किताब गर्ने खोजेका खन्डमा के अन्याय हुन्छ ?”