“देशलाई सुरक्षित बनाउन नसकेकोमा नेताहरुले आत्मालोचना गर्नुपर्छ”



काठमाडौं। सामाजिक अभियन्ता एवं नायिका रेखा थापाले (कोभिड-19) लाई लिएर सस्तो प्रचार र सहानुभूति बटुुुुल्ने काम हुुन थालेकोमा चिन्ता व्यक्त गरेकी छन्।

नायिका थापाले आईतवार सामाजिक संजाल फेशबुक मार्फत राजनीति दलका नेताहरू नै कोरोनालाई लिएर सस्तो प्रचार र लापरबाही गरिरहेको तर्फ इङ्गित गर्दै यस्तो चिन्ता ब्यक्त गरेकी हुन्।

साथै उनले कोरिना नियन्त्रण गर्न, देशलाई सुरक्षित गर्न नसकेमा नेताहरूले आत्मालोचना गरेर आफूलाई सुधार्न अनुरोध गरेकी छन्।

उनले लेखेकी छन्, “कोरोना (लक्षणबिनाको) सन्क्रमण भएको प्रचार गरी सहानुभुती बटुल्न तिर ध्यान दिनुभन्दा नेताहरुले आत्मा आलोचना गर्नु पर्छ- देशलाई सुरक्षित बनाउन नसकेकोमा।”

कोरोनाको बारेमा आधिकारिक जानकारी नभएका सर्वसाधारण र चेतनसिल मानिने मुख्य राजनीति दलका जिम्मेवार नेताहरूका कारण नेपालमा कोरोना खतरा बन्नसक्ने स्वास्थ बिज्ञले यसअघि नै चेतावनी दिईसकेका छन्।