बाँके। बाँकेमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुष रहेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि यही असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालका स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बिरामीको नियमित उपचार भइरहेको छ। कोरो्ना महामारीले बिरामीको उपचारमा खासै कुनै प्रभााव नपरेको अस्पताल विकास समितिले जनाएको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ को बाँके, बर्दिया र दाङसम्मका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालका पदेन सदस्य एवं खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए।